नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतमा दायर भएको मुद्दामा सफाइ पाएका छन्।
आज (फागुन १८ गते) विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले सिलवाललाई सफाइ दिएको हो।
उनी विरुद्ध सरकार वादी हुने गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नपाएको अहोदा पाएँ भन्दै झुट्टा विवरण दिएको आरोपमा मंसिर २४ गते मुद्दा दायर गरेको थियो।
नागरिकतामा उनले पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लगाइएको थियो।
प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्र सेवक पदको दुरूपयोग गरेर लाभ, सुविधा र अधिकारको प्रयोग गरेको भन्दै उजुरी परेको थियो।
यस आधारमा सिलवालले २०८० साउन १५ गते देखि मुद्दा दायर भएको अवधिसम्म रकम ३६ लाख ६२ हजार १५४ रूपैयाँ रकम लाभ लिएको आरोप लगाइएको थियो।
त्यसैले उनको सम्पत्ति र साधन रोक्का गर्न माग गरेको छ।
उनी २०७७ माघ २० गते बीमा प्रधिकरणको अध्यक्षको रूपमा नियुक्त भएका थिए।
मुद्दा दायर भएसँगै सिलवाल अध्यक्षको पद सकिन केही महिना बाँकी रहँदा नै निलम्बन भएका थिए।
बीमा प्राधिकरणका अध्यक्षविरूद्ध जागिर सके पनि पदमै बसेको भन्दै मुद्दा