नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ को ३८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका छन्।
सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रूपैयाँले वृद्धि भई ४ खर्ब ७ अर्ब रूपैयाँ पुगेको छ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रूपैयाँले वृद्धि भई ३ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रूपैयाँ रहेको थियो। यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रूपैयाँ र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रूपैयाँ पुगेको छ।
हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजस्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।