बैंकहरुले अब असल कर्जामा एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
हाल यस्तो कर्जामा पनि १.१० प्रतिशत कर्जा नोक्सान राख्नुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकले कोभlडकालिन समयमा कर्जा लगानीमा थप सर्तकता अपनाउँदै यस्तो कर्जामा थप नोक्सानी व्यवस्था लगाएको थियो। यस्तो कर्जामा १.३ प्रतिशतसम्म नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएकोमा घटाउदै कोभिड अगाडि जसरी नै एक प्रतिशत लगाए हुने व्यवस्था गरेको हो।
असल कर्जामा गरिएको नयाँ व्यवस्थापछि बैंकहरूसँग लगानीको लागि थप चार अर्ब रकम निस्कने मानिएको छ।