सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९.२४८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।