डेनमार्कको केन्द्रिय बैंकले केही डेनिस क्रोनर (डेनिसको मुद्रा) को कानुनी मान्यता खारेज गरेसँगै नेपालीहरूसँग भएको यस्तो नोट साट्न निश्चित समय दिइएको छ।
नेपाल राष्ट्र बैंक फागुन मासन्तसम्म यस्ता नोट साट्नको लाग समय उपलब्ध गराएको अन्यथा यी नोट नसाटिने जनाइएको छ।
राष्ट्र बैंकले केन्द्रीय बैंक बैंकिङ विभाग, प्रदेश कार्यालयहरू, अन्य बैंक तथा वित्तीय संस्थाहरू र मनीचेन्जर कम्पनीहरूबाट यी नोट साट्को लागगि आग्रह गरेको छ।
डेनमार्कको केन्द्रिय बैंकले २०२५ मे १३ देखि लागु हुने गरी केही डेनिस क्रोनरको कानुनी मान्यता खारेज गरेको छ।
यसको अर्थ अब यस्ता नोटहरू नचल्ने भनेको हो। केन्द्रिय बैंक सन् २००९ अघिका सबै मुद्राको कानुनी मान्यता खारेज गरेको हो।
हाल डेनिसमा १९८९ देखिका नोट तथा सिक्काहरू प्रचलनमा छन्।
धेरै मात्रामा भने २००९ मा जारी भएका 'ब्रिज श्रृंखला' भनेर चिनिने नोटहरू रहेको केन्द्रीय बैंकले जनाएको छ।
शुक्रबार एक डेनिस क्रोनर बराबर १९ रूपैयाँ ४५ पैसा बिक्री मूल्य तोकिएको छ।