सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
गत आर्थिक वर्ष कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।