आइतबार नेप्से १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक २६९८ विन्दुमा आइपुग्दा ६ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र पोखरा फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
विन नेपाल लघुवित्तको प्रतिकित्ता मूल्य दुई हजार ९७६ रूपैयाँ, गुराँस लघुवित्तको दुई हजार ६१९ रूपैयाँ १० पैसा, नेपाल फाइनान्सको ८०९ रूपैयाँ ८० पैसा र जानकी फाइनान्सको प्रतिकित्ता मूल्य ५७७ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ५३३ रूपैयाँ र पोखरा फाइनान्सको प्रतिकित्ता मूल्य ४८७ रूपैयाँ १० पैसा पुगेको छ।