समता घरेलु लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई पाउनेछन्।
कम्पनीले गत वर्ष ५.४२ प्रतिशत बोनस र ०.२८ प्रतिशत नगद गरी कुल ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो।