हिमालयन डिष्टिलरीले प्सान कुलर र आरटिडी ब्राण्डको ट्रेड मार्कको लागि विजय डिष्टिलरीसँग सम्झौता गर्ने भएको छ।
हिमालयनले ट्रेडमार्क लाइसेन्सिङको लागि विजय डिष्टिलरीसँग सम्झौता गर्ने प्रस्ताव आगामी पुस २८ गते हुने २४औं वार्षिक साधारण सभामा लैजाने भएको छ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश प्रस्ताव समेत सभामा लैजाँदैछ।