सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार यो भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो।
यो कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्तीपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले सार्वजनिक गरेका हुन्।
बैंकका अनुसार यो कार्ड प्रयोग गर्नेले पाउने सुविधाहरू निम्नानुसार छन्ः
- वार्षिक दुई पटक सम्म एयरपोर्ट लाउन्जमा निःशुल्क प्रवेश गर्न सक्नेछन्।
- यो कार्ड प्रयोग गरी ४५० भन्दा बढी 'युएनओ' मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सकिनेछ।
- यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्नेले बैंकिङ सेवामा प्राथमिकता पाउनेछन्।
- प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिनेछ।
- सुरूको ३ महिनाभित्र आवेदन दिनेलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश छ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ।
यो कार्ड र यसका सुविधा बारे विस्तृत जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिन्छ। सिद्धार्थ केयरमा फोन नम्बर ०१–५९७००२०, इमेल customercare@sbl.com.np मार्फत सम्पर्क गर्न सकिन्छ।
बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।