सर्वोत्तम सिमेन्टले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २६ गते साधारण सभा बोलाएको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजका आधारमा पुस ११ गतेसम्म कायम सेयरधनीहरूले प्रस्तावित लाभांश पाउनेछन्।