अधिक तरलताको कारण सरकारी ऋणपत्रहरूमा लगानी गरिरहेका बैंकहरूले समस्या पर्दा ऋणपत्र बिक्री गर्न नपाएको बैंकरहरूले बताएका छन्।
'हालै विश्वका ठूला बैंकले सरकारी ऋणपत्रमा गरेको लगानी झिक्न नपाउँदा धराशायी भए,' पूर्वबैंकर रत्नराज बज्राचार्यले भने, 'नेपालमा पनि अहिले अधिक तरलताको कारण बैंकहरूले ऋणपत्रमै बढी लगानी गरिरहेका छन्। तर ती ऋणपत्रको कारोबार गर्न पाइँदैन।'
नेपाली बैंकहरूले तरलताको समस्या पर्दा राष्ट्र बैंकबाट उच्च ब्याजदरमा छोटो अवधिका लागि पुँजी लिनुको विकल्प नभएको उनले बताए।
यसका लागि बैंकहरू मिलेरै २ खर्ब बराबरको कोष बनाउनु पर्ने र कुनै बैंकलाई समस्या परे सोही कोषबाट ऋणपत्र किन्ने व्यवस्था गर्न उनले सुझाव दिए।
'हामीले यस्तो कोष बनाउने विषयमा यसअघि पनि छलफल गरेका थियौं, यसलाई कार्यन्वयनमा लैजाने तर्फ सोच्नुपर्ने भएको छ,' उनले भने।
नेपाल बैंकर्स एसोसिएसनको ३८ औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बर्जाचार्यले यस्तो बताएका हुन्।