नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषाणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।