चिलिमे जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
यस्तै, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्।
गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।