राष्ट्र बैंकको तथ्यांकले साउनदेखि कात्तिकसम्मको औसत मूल्य वृद्धि ४.५९ प्रतिशत देखाएको छ।
गत आर्थिक वर्षको यो अवधिमा यस्तो मूल्य वृद्धि औसत ७.१५ प्रतिशत थियो।
मासिक आधारमा कात्तिकमा औसत मूल्य वृद्धि ५.६० प्रतिशत छ। अघिल्लो महिना असोजमा भने यस्तो मूल्य वृद्धि ४.८२ प्रतिशत थियो। गत वर्षको यही महिनामा औसत मूल्य वृद्धि ५.३८ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीमा ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीमा १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १०.१५ प्रतिशत, घ्यू तेलमा ९.२९ प्रतिशतले बढेको छ।
त्यस्तै, माछा मासु ०.०२ प्रतिशत, मरमसला १.४१ प्रतिशत र चिनीको १.२८ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ४.५७ प्रतिशत र सुर्तीलगायतको २.२४ प्रतिशतले मूल्य बढेको छ।
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ६.१९ प्रतिशत र सहरी क्षेत्रमा ५.३९ प्रतिशतले बढेको छ।
कोशी प्रदेशमा ७.१९ प्रतिशत, मधेश प्रदेशमा ५.२७ प्रतिशत, बागमती प्रदेश ५.३५ प्रतिशत, गण्डकीमा ४.६९ प्रतिशत, लुम्बिनी ५.१० प्रतिशत, कर्णाली ३.२१ र सुदूरपश्चिममा ६.५७ प्रतिशत महँगी बढेको छ।