राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चार महिनासम्म (साउनदेखि कात्तिकसम्म) को तथ्यांक अनुसार सेवा क्षेत्रको घाटा खुम्चिदै गएको छ।
यो अवधिमा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको हो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै छ। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको छ।
अघिल्लो वर्षको यही अवधिमा भने नेपालले ७३ अर्ब ३१ करोडको सेवा निर्यात गर्दा एक खर्ब एक अर्ब रूपैयाँको आयात गरेको थियो।
यो अवधिमा चार अर्ब ९६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।
त्यस्तै, ६८ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन।
प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यात नेपालले १० अर्ब ९३ करोड रूपैयाँ आम्दानी गरेको छ।