सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीले गत वर्ष पनि १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम सेयरधनीहरूले उक्त सभामा भाग लिन र लाभांश पाउनेछन्।