मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने वितरण सुरू गरिनेछ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा भने ५.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।