हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकल १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
अघिल्लो वर्ष भने कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यसभन्दा अघिका तीन वर्ष कम्पनीले लगातार १०० प्रतिशत माथि लाभांश वितरण गरेको थियो।
कम्पनीको लाभांश दर निरन्तर रूपैयाँ घट्दै आइरहेको छ।
यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ।
सधारण सभाका प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ।
पुस १८ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।