नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) ले सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ।
यो सँगै चिडियाखाना अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ।
एनआइएमबीले टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको हो।
अवलोकनकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यानको माध्यमबाट सहज भुक्तानी गरी प्रवेश टिकट प्राप्त गर्न सक्नेछन्।
नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको बैंकको भनाइ छ।