मिथिला लघुवित्त वित्तीय संस्थाले १४.२८६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा प्रस्ताव गरेको हो।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीकाे साधारण सभाबाट पारित हुन बाँकी छ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८-७९ मा १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको थियो।
त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिले यसपटक कुनै लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८-७९ मा २० प्रतिशत लाभांश घोषणा गरेको थियो।