एनएमबी बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) लाई २५ लाख रूपैयाँ सहयोग गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न उक्त सहयोग गरेको बताएको छ।
बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र केआइओसिएचका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति पत्र आदनप्रदान गरिएको छ।
यस सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रूपमा दर्साउने बैंकको भनाइ छ।
बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आइरहेको छ।
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।