एसवाई प्यानल नेपालले असोज ७ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले यसअघि भदौ २९ गतेदेखि नै आइपिओ निष्कासन गर्ने तयारी गरेको थियो। तर विषम परिस्थितिका कारण मिति परिवर्तन गरेको हो।
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५२ लाख ३२ हजार कित्ता सेयर जारी गर्ने भएको हो। एक अर्ब ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले ४० प्रतिशत सेयर जारी गर्ने भएको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६३ करोड रूपैयाँ सञ्चालन आम्दानी कमाएको छ। कम्पनीले युपिभिसी झ्याल, ढोका लगायतका सामाग्री उत्पादन गर्दै आएको छ।
रत्ननगर चितवनमा कारखाना रहेको कम्पनीको देशभर ६२ वटाभन्दा धेरै डिलर छ।