लक्ष्मी ग्रुपले ५०औं वार्षिकोत्सव मनाएको छ।
यस अवसरमा ग्रुप अन्तर्गतको कम्पनी तथा हुन्डाइ गाडीको आधिकारीक वितरक लक्ष्मी कन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेलेब्रस पल्सी सेन्टरमा ५० जना बढी बालबालिकालाई स्टेशरी तथा अन्य सामग्रीहरू उपलब्ध गराएको थियो।
लक्ष्मी ग्रुप र यस अन्तर्गतका विभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। जसमा १०० जनाभन्दा बढी कर्मचारीहरूले सहभागिता जनाएका थिए।
लक्ष्मी ग्रुप अन्तर्गतको हुन्डाइ काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सरसफाइ अभियान सञ्चालन गरेको छ। यस्तै, लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी सुजल डेरीले गौरीधारामा रहेको ‘होप हेरिटेज इल्डर केयर’ मा दिवा खाजा आयोजना गरेको छ।