हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भूकम्प पीडितहरूका लागि २१ लाख रूपैयाँ बराबरको राहत सामग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई क्षति पुर्याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कात्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कात्तिक २२ गते हस्तान्तरण गरेको छ।