महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरे।
उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिलाप्रसाद ओझाको समेत उपस्थिति थियो।
कृषिअन्तर्गत तरकारी खेतीतथामाछापालन एवं पशुपालन सम्बन्धी क्षेत्र बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङअन्र्तगत कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ। यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकाशमा केन्द्रित गर्ने रहेको बताइएको छ।
योजनामा हेफर इन्टरनेशनल नेपालकातर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानकास्थानिय सरकार समेत आबद्ध छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन्।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धानदिवशको दिनदिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यो सम्झौतामार्फत नबिल बैंकले नबिलदिगो बैंकिङकाप्रयासहरुलाई अझ बढी लक्षितवर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ।