गत आर्थिक वर्ष ०७७/७८ मा २७ वाणिज्य बैंकहरुले समग्रमा २० प्रतिशत नाफा बढाएका छन्।
सो वर्ष यी बैंकले कुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जवकि अघिल्लो आर्थिक वर्षमा यी बैंकको नाफा ५२ अर्ब ८० करोड ६ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षमा ५ बैंकको नाफा घटेको छ भने २२ बैंकको नाफा बढेको छ। विदेशी स्वामित्वका बैंकहरु स्टान्डर्ड चार्टड, एभरेष्ट र एसबिआईको नाफा घटेको छ। त्यस्तै पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा १३ प्रतिशत घटेको छ भने सेन्चुरी कमर्सियलको ६ प्रतिशतले घटेको छ।
वाणिज्य बैंकहरुमा नबिलले सबैभन्दा धेरै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। कतिपय बैंकले विकास बैंक तथा फाइनान्सलाई मर्ज/एक्वीजिसन गरेर एकीकृत रिपोर्ट सार्वजनिक गरेकाले पनि नाफामा उच्च वृद्धि देखिएको छ। नेपाल बंगलादेश बैंकको नाफा सबैभन्दा धेरै ८४ प्रतिशतले बढेको देखिन्छ।
वाणिज्य बैंकहरुको आधार दर र स्प्रेड दर समेत घटेको अवस्थामा पनि बैंकहरुको नाफामा उल्लेख्य प्रगति देखिन्छ।आखिर कसरी बढ्यो त नाफा? नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले 'लोन लस प्रोभिजन रिकभर' हुँदा अहिले नाफामा टेवा पुगेको बताए।
‘राष्ट्र बैंकले ०.३ प्रतिशत प्राेभिजन बढाउँदा पनि लोन लस प्रोभिजन घट्न जाँदा नाफामा सकारात्मक प्रभाव देखियो’ सानिमा बैंकका सिइओ समेत रहेका दाहालले सेतोपाटीसँग भने।
कोभिड १९ को महामारीका बेला बैंकहरुले उठ्न नसकेको ऋणको केही हिस्सा छुट्याए, त्यसैलाई 'प्रोभिजन' भनिन्छ। नउठेको ऋण रकमको अवधिअनुसार ५ प्रतिशतदेखि शत प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था छ।
त्यसरी रकम छुट्याइसकेपछि साँवा, ब्याज उठ्न थालेमा छुट्याइएको रकम पुनः बैंकमै फिर्ता हुन्छ। अहिले त्यसरी नै साँवा, ब्याज रकम उठेपछि छुट्याएको रकम फिर्ता भयो र प्रत्यक्ष नाफामा प्रभाव पार्यो।
बैंकहरुको स्प्रेड दर समेत घटेको अवस्थामा नाफा बढ्नु सकारात्मक पक्ष रहेको बैंकर बताउँछन्।
ऋणीबाट बैंकहरुले लिने ब्याजदर र निक्षेपकर्तालाई दिने ब्याजको औसत अन्तर नै स्प्रेड दर हो, सामान्य भाषामा बुझ्दा बैंकहरुको कमाइको अंश हो। यसले गर्दा ऋणीलाई भार पारेर नाफा आर्जन नभएको बैंकरको दावी छ।
कोभिड महामारीका बाबजुत पनि धेरै रकम उठेको र त्यसको नतिजा नाफामा देखिएको बताउँछन् एनएमबि बैंकका सिइओ सुनिल केसी। ‘केही सीमित क्षेत्रबाहेक सबैजसो क्षेत्रबाट रकम उठेको छ’ उनले भने ‘उड्ययन क्षेत्र, होटल तथा पर्यटन, पार्टीप्यालेस, सिनेमा हल लगायतका क्षेत्रबाहेक सबैतिरको साँवा, ब्याज उठेको छ।’
त्यस्तै नाफा बढ्नुको अर्को कारण सेयर बिक्रीबाट भएको आम्दानी पनि रहेको अध्यक्ष दाहालले स्पष्ट पारे। ‘वास्तवमा कतिपय बैंकको खुद ब्याज आम्दानी घटे पनि नाफा राम्रो देखिएको छ, सेयर बजार बढेका बेला धेरैले नाफा बुक गरेर बिक्री गरे, यसको प्रभाव वित्तीय विवरणमा देखिएको हो’ उनले भने।
बैंकहरुको वास्तविक बिजनेस नै ऋण प्रवाह हो। सोवापत प्राप्त हुने खुद ब्याज आम्दानी बढेर नाफा बढ्नुलाई राम्रो र दीगो मानिन्छ। सेयर बिक्री लगायत अन्य आम्दानी सधैं एकनास नहुने भएकाले त्यो अल्पकालीन फाइदा हो।
यद्यपि बैंकहरुको बिजनेसको वृद्धिदर पनि उच्च छ। गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले २८ प्रतिशत कर्जा बढाएका छन्। ०७७ असार मसान्तसम्म यी बैंकले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेकोमा ०७८ असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब पुगेको छ।
बिजनेस र पुँजी विस्तारअनुसार अहिलेको नाफालाई धेरै भन्न नमिल्ने बताउँछन् सिइओ केसी।
नाफाभन्दा पनि प्रतिफलका आधारमा यसलाई बुझ्नुपर्ने उनले बताए। ‘लगानी रकमलाई रिटर्न अन इक्वीटीसँग तुलना गरेर हेर्दा धेरै छैन’ उनले भने।
हेर्नुस् एक वर्षमा कुन बैंकले कति बढाए नाफा
बैंक
|
नाफा ०७७/७८
|
नाफा ०७६/७७
|
फरक प्रतिशत
|
नविल
|
४ अर्ब ५० करोड
|
३ अर्ब ४६ करोड
|
३०
|
ग्लोबल आइएमई
|
४ अर्ब १२ करोड
|
२ अर्ब ९० करोड
|
४२
|
राष्ट्रिय वाणिज्य
|
३ अर्ब ७९ करोड
|
४ अर्ब ३७ करोड
|
(१३)
|
कृषि विकास
|
३ अर्ब ६९ करोड
|
३ अर्ब ३३ करोड
|
१०
|
इन्भेष्टमेन्ट
|
३ अर्ब ६५ करोड
|
२ अर्ब ४२ करोड
|
५०
|
प्राइम कमर्सियल
|
३ अर्ब २५ करोड
|
२ अर्ब २५ करोड
|
४४
|
एनआइसी एसिया
|
३ अर्ब २५ करोड
|
३ अर्ब ९ करोड
|
५.१
|
नेपाल
|
३ अर्ब ६ करोड
|
२ अर्ब ३३ करोड
|
३१
|
हिमालयन
|
२ अर्ब ९९ करोड
|
२ अर्ब ५८ करोड
|
१५
|
सिद्धार्थ
|
२ अर्ब ८३ करोड
|
२ अर्ब १४ करोड
|
३२
|
एनएमबि
|
२ अर्ब ७३ करोड
|
१ अर्ब ७१ करोड
|
५९
|
मेगा
|
२ अर्ब ३० करोड
|
१ अर्ब ५८ करोड
|
४५
|
नेपाल बंगलादेश
|
२ अर्ब २९ करोड
|
१ अर्ब २४ करोड
|
८४
|
सानिमा
|
२ अर्ब २७ करोड
|
१ अर्ब ७७ करोड
|
२८
|
प्रभु
|
२ अर्ब १ करोड
|
१ अर्ब १९ करोड
|
६८
|
कुमारी
|
२ अर्ब
|
१ अर्ब १५ करोड
|
७३.९
|
एभरेष्ट
|
१ अर्ब ८२ करोड
|
२ अर्ब ५१ करोड
|
(२७)
|
माछापुच्छ्रे
|
१ अर्ब ६३ करोड
|
१ अर्ब २६ करोड
|
२९
|
सिटिजन्स
|
१ अर्ब ५९ करोड
|
१ अर्ब १९ करोड
|
३३
|
लक्ष्मी
|
१ अर्ब ५४ करोड
|
१ अर्ब ४१ करोड
|
९
|
बैंक अफ काठमाण्डु
|
१ अर्ब ५३ करोड
|
१ अर्ब ४६ करोड
|
४
|
स्टान्डर्ड चार्टड
|
१ अर्ब ४० करोड
|
१ अर्ब ९८ करोड
|
(२९)
|
एसबिआई
|
९६ करोड
|
१ अर्ब ५४ करोड
|
(३७)
|
सनराइज
|
१ अर्ब ५८ करोड
|
१ अर्ब ३५ करोड
|
१७
|
एनसिसी
|
१ अर्ब २७ करोड
|
१ अर्ब १० करोड
|
१५
|
सिभिल
|
५५ करोड ९३ लाख
|
५५ करोड ५० लाख
|
०.७
|
सेन्चुरी
|
७५ करोड
|
८० करोड
|
(६)
|
कुल (सबै अंकमा)
|
६३ अर्ब ३७ करोड
|
५२ अर्ब ८० करोड
|
२०
|
हेर्नुस् वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी
वित्तीय विवरणमा नाफा देखिँदैमा त्यो सबै सेयर लगानीकर्तालाई बाँड्न योग्य हुँदैन।
वितरणयोग्य नाफाबाट मात्रै सेयर लगानीकर्तालाई लाभांश प्रदान गरिन्छ। वितरणयोग्य नाफालाई सेयर संख्याले भाग गरेपछि लाभांश क्षमता आउँछ। त्यस्तै एक कित्ता सेयर बराबर बैंकले आर्जन गरेको रकमलाई प्रतिसेयर आम्दानी हुन्छ।
हेर्नुस् कुन बैंकको वितरणयोग्य नाफा कति? प्रतिसेयर आम्दानी कति?
बैंक
|
वितरणयोग्य नाफा
|
प्रतिसेयर आम्दानी रुपैयाँमा
|
नविल
|
४ अर्ब १४ करोड
|
३३.४०
|
ग्लोबल आइएमई
|
२ अर्ब ७६ करोड
|
१९.३१
|
राष्ट्रिय वाणिज्य
|
४ अर्ब ५२ करोड
|
४१.३२
|
कृषि विकास
|
१ अर्ब ७३ करोड
|
३०.६५
|
इन्भेष्टमेन्ट
|
१ अर्ब ९९ करोड
|
२२.५७
|
प्राइम कमर्सियल
|
२ अर्ब ६६ करोड
|
२०.२४
|
एनआइसी एसिया
|
१ अर्ब ९२ करोड
|
२८.११
|
नेपाल
|
३ अर्ब ४९ करोड
|
२४.२६
|
हिमालयन
|
२ अर्ब १६ करोड
|
२८.०६
|
सिद्धार्थ
|
१ अर्ब २१ करोड
|
२५. ८७
|
एनएमबि
|
२ अर्ब ३३ करोड
|
१६.७८
|
मेगा
|
१ अर्ब ५१ करोड
|
१५.७८
|
नेपाल बंगलादेश
|
१ अर्ब ४७ करोड
|
२५.४६
|
सानिमा
|
१ अर्ब ६८ करोड
|
२३.५१
|
प्रभु
|
१ अर्ब ४८ करोड
|
१७.७३
|
कुमारी
|
१ अर्ब ९ करोड
|
१४.४२
|
एभरेष्ट
|
२ अर्ब ३६ करोड
|
२०.५६
|
माछापुच्छ्रे
|
१ अर्ब १३ करोड
|
१८.०१
|
सिटिजन्स
|
१ अर्ब ५७ करोड
|
१५.३८
|
लक्ष्मी
|
१ अर्ब
|
१४.४१
|
बैंक अफ काठमाण्डु
|
१ अर्ब १२ करोड
|
१५.९०
|
स्टान्डर्ड चार्टड
|
१ अर्ब १७ करोड
|
१६.३५
|
एसबिआई
|
३३ करोड
|
१०.१२
|
सनराइज
|
६० करोड
|
१६.६८
|
एनसिसी
|
७१ करोड
|
१२.३२
|
सिभिल
|
४९ करोड
|
६.४७
|
सेन्चुरी
|
५९ करोड
|
८.३०
|