बुधबार ज्योती विकास बैंकले युनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरे।
यस सम्झौतापछि रेमिट सेवा ज्योती विकास बैंकको जुनसुकै शाखा कार्यालयबाट लिन सकिनेछ।
हाल ज्योति विकास बैंकले १०२ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिदैं आइरहेको छ।