सिटिजन लाइफ इन्स्योरेन्सले नारायणगढको शहिदचोकमा शाखा विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरे।
सो अवसरमा पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए।
उक्त शाखासँगै देशभर कम्पनीका ३६ शाखा कार्यालयहरु संचालनमा आएका छन् भने ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु संचालिन छन्। कम्पनीले देशका सबै जिल्लाहरुबाट जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
कम्पनीले सबै प्रकारका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना संचालनमा छ।