ज्योति विकास बैंकको संचालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भई गत ३ महिना देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको करिव ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्यअनुभव, जलविद्युत क्षेत्रमा १ वर्ष काम गरेको अनुभव तथा विकास बैंकमा २ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी बरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेको बैंकले जनाएको छ।
हाल ज्योति विकास बैंकले ५० वटा शाखा तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, मोवाइल बैंकिङ्ग, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको बताएको छ।
तेस्रो त्रैमाससम्म विकास बैंकले करिब १५ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन तथा १३ अर्व ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ।