बिहिबार सेयर बजारको परिसुचक नेप्से २९ अंकले घटेको छ।
यस दिन १५९ कम्पनीको ६३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। कारोबार समयमा सबै उपसुचकहरु घटेका छन्।
बैकिंङ २१, होटल ४७, विकास बैंक ३४, जलविद्युत ४६, फाइनान्स ११, बीमा २३१, उत्पादन ३७, अन्य १२ र माइक्रोफाइनान्स उपसुचक ४३ अंकले घटेका हुन्।
राष्ट्रिय बीमा संस्थापक सेयरको सबै भन्दा धेरै रकमको कारोबार भएको छ। यसको २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, नेपाल बैंकको २ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
यस दिन स्वदेशी लघुवित्त वित्तिय संस्था र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। यी दुबै कम्पनीका लगानीकर्ताले ५ प्रतिशत कमाए।
नयाँ नेपाल लघुवित्त विकास बैंक, ग्लोबल आइएमी र बोटल्र्स नेपालका लगानीकर्ताले भने घाटा बेहोरेका छन्। यी कम्पनीका लगानीकर्ताले ७ प्रतिशत गुमाए।