बुधबार शेयर बजारको परिसुचक नेप्से ८ अंकले घटेको छ। यस दिन १६० कम्पनीको ५६ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन अन्य उपसुचक ०.७ अंकले बढेबाहेक अरु सबै उपसुचक घटेका छन्।
बैंकिङ ५, व्यापार ०.१, होटल २८, विकास बैंक १६, जलविद्युत २३, फाइनान्स ५, बीमा ५७, उत्पादन ११ र माइक्रोफाइनान्स उपसुचक १८ अंकले घटे।
कारोबारको आधारमा नेपाल ग्रामीण विकास बैंक अग्र स्थानमा रहे। यसको ४ करोड २४ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै ग्लोवल आइएमई बैकको २ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ६ प्रतिशत कमाए। त्यस्तै पोखरा फाइनान्सका लगानीकर्ताले ३ प्रतिशत कमाए।
त्यस्तै रिलायन्स फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ६ प्रतिशत गुमाए। युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत गुमाएर गुमाउनेमा अग्र स्थानमा रहे।