लक्ष्मी बैंक सुर्खेतको सिम्टामा


लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा सुर्खेतको सिम्टामा संचालनमा ल्याएकोे छ।

बैंकले शाखा विस्तार सँगै ग्राहकलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गर्ने बताएको छ।

लक्ष्मी बैंकको शाखा सन्जाल ७७, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ।

आ.व. २०७३/७४मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ।

सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ।

बैंकले विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको बताएको छ।

यसबाट देशका विभिन्न क्षेत्रमा साना, लघु उद्यमी तथा कृषकलाई सरल रुपमा कर्जा प्रवाह गरी सेवा दिने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.