प्राइम कमर्सियल बैंकको भिमफेदीमा शाखा


प्राइम कमर्सियल बैंकले मकवानपुरको भिमफेदी गाउँपालिकामा नयाँ शाखा खोलेको छ। योसँगै शाखा कार्यालयको संख्या ५६ पुगेको छ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंक संचालक समितिका अध्यक्ष उदय मोहन श्रेष्ठले शाखाको उद्घाटन गरे।

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.