नेप्से ४ अंकले घट्यो


सोमबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ।

सो अंक घटे संगै नेप्से १३८० अंकमा कायम भएको छ । १५६ कम्पनीको २४ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको भयो ।

ब्यापार ४, विकास बैंक ६ र अन्य ३ अंकले बढे। यस बाहेकका सबै उपसुचकहरु घटेका छन्।

बैंकिङ ४, होटल ९, जलविधुत १, फाइनान्स २, विमा ७३, उत्पादन १४ र माइक्रोफाइनान्स उपसूचक ६ अंकले घटेका छन्।

धेरै कारोबार हुने कम्पनिमा सिद्धार्थ बैंक लिमिटेडको पर्मोटर सेयर अग्रस्थानमा रह्यो । जसको १ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

कारोबारको आधारमा नेपाल बैंक र नेपाल बंगलादेश बैंक पनि अगाडि रहे।

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानकिर्ताले सबै भन्दा धेरै १० प्रतिशत कमाए। त्यस्तै हिमालयन डिस्टीलरीको ५ प्रतिशत बढ्यो।

यस्तै दिब्यस्वरी हाइड्रोपावर  र आरएसडिसि लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत गुमाए।

साल्ट ट्रेडिङ कर्पोरेसनले फागुन २२ गते साधारण सभा हुने भएका कारण फागुन ८ गते बुक क्लोजको मिति तोकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.