छिनछिनमा हरियो रंग देखाएको नेप्से बन्द हुँदा रातो


दिनभर कारोबार हुँदा छिनछिनमा रंग बदलेको नेप्से बन्द हुँदा भने रातो अंकमा अडेको छ। रातो अंक भए पनि गिरावटको गति भने थामिएको छ। अघिल्लो दिन १४०२ अंकमा रहेको नेप्से आज पनि सोही अंकमा अड्यो।

अघिल्लो दिन तीन अंक बढीले घटेको बजार आज शून्य दशमलव ५८ अंकमा मात्रै सीमित रह्यो। जसले गर्दा समग्र परिसूचकलाई असर परेन।

कारोबारमा कमी आएका छ। अघिल्लो दिन ५० करोडको सेयर किनबेच भएकोमा यस दिन ३६ करोड ६४ लाखमा सीमित भयो। बैंकिङ, व्यापार, होटल, जलविद्युत र उत्पादन समूह हरियो अंकमा रहँदा अरु रातो अंकमा रहे। बैंकिङ ०.८, व्यापार १०, होटल ०.५, जलविद्युत २३, उत्पादन ३ अंकले बढे।

फाइनान्स २, बिमा १८, विकास बैंक ०.५, अन्य ४ र माइक्रोफाइनान्स १३ अंकले घटे। कारोबारका आधारमा सानिमा माइ हाइड्रो अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड १८ लाखको कारोबार भयो।

मूल्य प्रतिकित्ता ४३१ कायम भएको छ। नेको इन्स्योरेन्सको २ करोड ५७ लाखको कारोबार भयो। कामना विकास बैंक तथा विशालबजारका लगानीकर्ताले ७ प्रतिशत कमाए। बेस्ट फाइनान्स र ग्लोबल आइएमई समुन्नत स्कीमका लगानीकर्ताले ४ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.