सामुदायिक लघुवित्तको आइपिओ निश्कासन स्थगन


भोलिदेखि निश्कासन हुने भनिएको सामुदायिक लघुवित्तको आइपिओ स्थगित भएके छ।

बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले धितोपत्र बोर्डबाट पत्र आएकाले तत्कालका लागि स्थगन गरिएको जनाएको छ। बोर्डले अर्को पत्र पठाएपछि मात्रै निश्कासनको सूचना जारी गरिने उसले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकमा कैफियत भेटिएकाले निष्कासनमा रोक लगाइएको एक अधिकारीले जानकारी दिए।कम्पनीले ९ गतेदेखि कुल ३ लाख कित्ता आइपिओ निश्कासन गर्ने तयारी गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.