एनआईसी एसिया बैंकको नयाँ शाखा झिलझिलेमा


एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा खुलेको छ।

एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे। योसहित बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। साथै १४६ एटिएम, ४ एक्स्टेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।

हरेक सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना बैंकले अगाडि सारेको छ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.