बैंक अफ काठमाण्डुको शाखा बिराटचोक र इमाडोलमा


बैंक अफ काठमाण्डुले बिराटनगरको बिराटचोक र राजधानीको इमाडोलमा शाखा संचालनमा ल्याएको छ।

विराटचोक शाखा कार्यालयको बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईको उपस्थितमा उद्घाटन गरिएको बैंकले जनाएको छ।

त्यस्तैगरी इमाडोल शाखा कार्यालयको उद्घाटन बैंकका संचालक संजय बहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का अध्यक्ष नन्द कुमार न्यौपानेको उपस्थितमा गरिएको हो। यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९.१५ अर्ब संकलन गरी कुल कर्जा ६२.३३ अर्ब प्रवाह गरेको छ। हाल बैंकको शाखा संख्या ७५ पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.