आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ


आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन्। आज बसेको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए।

आज बसेको वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ।

संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.