ज्योति लाइफको बिराटनगरमा क्षेत्रीय कार्यालय


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगरमा क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ।

उक्त क्षेत्रीय कार्यालय अन्तर्गत इटहरी, धरान, इलाम र विर्तामोडमा शाखा कार्यालय तथा धनकुटा र दमकमा उपशाखा कार्यालय समेत संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।

क्षेत्रीय कार्यालयको कम्पनी संचालक समितिका अध्यक्ष पशुपती मुरारकाले उदघाटन गरे।  सो अवसरमा उनले पुर्वाञ्चलका सबै क्षेत्रलाई क्षेत्रीय कार्यालयले समेट्ने बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल विस्तार गरिने उल्लेख गरे।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बिमाको पहुँच ग्रामीण भेगसम्म पुर्याइने प्रतिबद्धता जनाए।

कम्पनीले आज संचालनमा आएका ७ वटा शाखाहरुसमेत गरी जम्मा २३ केन्द्रबाट सेवा प्रदान गर्न सफल भएको जनाएको छ। उसले हाल ५ वटा जीवन बीमा योजना संचालन गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.