मुलुकको शोधनान्तर बचतमा


मुलुकको शोधनान्तर स्थिति बचतमा गएको छ। चालु आर्थिक वर्षको अघिल्ला दुई महिनासम्म घाटामा रहेकोमा पछिल्लो महिनामा बचतमा फर्किएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिअनुसार चालु आवको तीन महिनाको अवधिमा ४ अर्ब २७ करोडले शोधनान्तर बचतमा छ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा १ अर्ब ९७ करोडले शोधनान्तर घाटामा थियो। मुलुकबाट भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ।

समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ९६ करोड र प्रत्येक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७ करोड रहेको बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.