साताभर ११ अंकले झरेको सेयर बजारमा कारोबार बढ्यो


साताभर सेयर बजारको परिसूचक ११ अंकले झरेको छ।

पहिलो दिन आइतबार १४७७ अंकमा रहेको परिसूचक अन्तिम दिन बिहीबार १४८९ अंकमा झरेको हो। यस अवधिको बीचमा मंगलबार १५१६ अंकसम्म नेप्से पुगेको थियो। यद्यपी आइतबारदेखि बढेको परिसूचक मंगलबारसम्म मात्रै टिक्यो।

१८० कम्पनीहरुको दुई अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भयो। कारोबार रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो। गत साता १७९ कम्पनीहरुको दुई अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो।

यो साता बैंकिङ, उत्पादनमूलक, जलविद्युत र अन्यबाहेकका सबै उपसूचक घटेका छन्। जलविद्युत ६०, बैंकिङ ८, उत्पादनमूलक ७० र अन्य उपसूचक २६ अंकले बढे। विकास बैंक १६, वित्त १, होटल ३८, बिमा ४५, व्यापार उपसूचक ४ अंकले घटे।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ।

यस साता कारोबार रकम (१६ करोड १९ लाख ९० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ९८ हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। कारोबार संख्या (१६०९ वटा) को आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
सनराइज बैंक लिमिटेड हकप्रद 7,10,709
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस 12,20,400
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस 1,43,804.10
कन्काई विकास बैंक लिमिटेड हकप्रद 32,10,000
गुडविल फाइनान्स लिमिटेड हकप्रद 27,22,500
विकास ऋणपत्र २०८१ क साधारण 3,14,00,000
विकास ऋणपत्र २०८८ क साधारण 5,00,00,000
विकास ऋणपत्र २०८४ ख साधारण 5,00,00,000
विकास ऋणपत्र २०७९ ङ साधारण 50000000
विकास ऋणपत्र २०८१ ख साधारण 5,00,00,000
विकास ऋणपत्र २०८५ ख साधारण 5,00,00,000
कामना सेवा विकास बैक लिमिटेड हकप्रद 24,13,137.60

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.