नयाँ संस्करणको हुण्डाई एक्ससेन्ट दुई भेरियन्टमा सार्वजनिक


लक्ष्मी इन्टरकन्टीनेन्टलले नाडा अटो शोमार्फत हुण्डाई एक्ससेन्ट सार्वजानिक गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरबहादु्र बलायरले एक्ससेन्ट सेडन कार सार्वजनिक गरे।

सो समारोहमा बोल्दै लक्ष्मी इन्टरकन्टीनेन्टलका सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले नेपाली बजारमा सेडन कार लोकप्रिय बन्दै गइरहेको र यो कार स्टाइलिसका अलवा आरामदायी रहेकाले ग्राहकले रुचाउने दावी गरे।

यसको बाहिरी बनावटमा आधुनिक डिजाइन दिइनुका साथै भित्र पर्याप्त स्पेस पनि रहेको छ।सुरक्षालाई मध्यनजर गर्दै एक्ससेन्टमा दुई एयरब्याग छन्।  ‘सिग्नेचर क्यासकेड ग्रिल’ले गाडीलाई आकर्षक बनाएको छ। १. २ लिटर डबल भीटीभीटी पेट्रोल इन्जिन यसमा रहेको छ। जसले ८३ पीएस पावरमा ६ हजार वा ११. ६ केजिएम टर्कमा ४ हजार आरपिएम फ्युल इफिसेन्सी प्रदान गर्दछ।


यसमा रहेको ‘अल्टरनेटर म्यानेजमेन्ट सिस्टम’ले फ्युल इफिसेन्सीलाई सहयोग गर्ने कम्पनीको भनाइ छ। ह्विल एयर कुर्टेन्सले एयर ट्रयूबुलेन्स घटाउन मद्दत पुर्याउँछ।

नयाँ हुण्डाई एक्ससेन्ट दुई भेरियन्टमा उपलव्ध छ। जसमा एक्ससेन्ट एसको मूल्य ३० लाख ९६ हजार र एसएक्सको मूल्य ३३ लाख ५६ हजार रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.