रेनोको डबल उत्सव अफर: ३ लाख छुट तथा एक वर्षको निशुल्क इन्धन


रेनोको आधिकारिक बिक्रेता एडभान्स अटोमोबिल प्रालिले उत्सव अफर ‘रेनो डबल उत्सव’ नामको योजना सार्बजनिक गरेको छ। रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित ल्याइएको अफरले ग्राहकलाई डबल फाईदा दिने कम्पनीको भनाइ छ।

दसैँतिहारको अवसरमा रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख सम्मको ‘स्योर शट’ नगद छुट प्राप्त गर्न सक्ने र स्क्र्याच कुपन मार्फत थप ३ लाख रुपैयाँसम्म जित्न सक्ने रेनोले जनाएको छ।

यस अतिरिक्त यो अभियानले रेनो कार खरिद गर्दा १ वर्षसम्मको निशुल्क इन्धन उपलब्ध गराउने छ। १ वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिङको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेन्टी र एक्सचेन्ज सुविधा पनि रहेको छ। यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.