मेरिज ग्यारेज ब्राण्डका नयाँ एसयुभी नेपाली बजारमा


एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले मेरिज ग्यारेज ब्रण्डका नयाँ एसयुभी ‘एमजी जिएस’ नेपाली बजारमा ल्याएको छ।

दुईवटा मोडलमा उपलब्ध कार १५ सय र २ हजार सीसी इन्जिन क्षमतामा रहेको छ। जसको मूल्य क्रमश ६७ र ८२ लाख तोकिएको छ। ५५ लिटर इन्धन क्षमताको यो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ८५ मिलिमिटर रहेको छ। यो गाडीका ह्विल बेस २६ सय ५० मिलिमिटर रहेकोे कम्पनीले जनाएको छ।

यो गाडीमा नायाँ प्रविधिको इन्जिन तथा नयाँ प्रविधिको टिएसटी गियर बक्स रहेको एसएलआर टेक्नो एण्ड ट्रेडका संचालक लोक हर्ष शाक्यले जानकारी दिए।

यो गाडीको १५ सय सिसी मोडलले १ सय ६७ हर्स पावर र २ हजार सिसी मोडलले २ सय २० हर्स पावर शक्ति उत्सर्जन गर्छ। यी कार तत्काल बुकिङ गर्नेले २ लाख छुट र १ वर्षको बिमा सुविधा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो छुट दसैँसम्म लागू हुने छ।

कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले व्यवसायीहरु फाइदामा गए सारा देशकै विकास हुने भन्दै व्यवसायमा रहेका जटिलताहरु फुकाइनुपर्नेमा जोड दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.