बाहिरी डिजाइन, भित्री सजावट र आरामदायी सुविधा— 'जेइको जे–५' कारका खास विशेषता हुन् यी।
नेपालका लागि चेरीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालि शारदा ग्रुपले यो इभी बिक्री–वितरण गर्दै आइरहेको छ।
सहरी क्षेत्र र कच्ची बाटो दुवैलाई उपयुक्त हुने गरी डिजाइन गरिएको यो गाडीको मूल्य ६१ लाख रूपैयाँ हो। तर कम्पनीले अहिले विशेष छुटमा ५७ लाख रूपैयाँमा बेचिरहेको छ।
कम्पनीका अनुसार जेइको जे–५ को खास विशेषता स्टाइलिस डिजाइन नै हो। यसको बाहिरी स्वरूप रेन्ज रोभरजस्तै देखिन्छ। भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।
जेइको जे–५ को मोटर पावर १५५ किलोवाट छ। ब्याट्री क्षमता ५८.९ किलोवाट–घन्टाको छ। ब्याट्री पूरा चार्ज हुँदा ४६१ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
सुरक्षा दृष्टिले पनि जेइको जे–५ एकदमै राम्रो भएको कम्पनीको भनाइ छ।
'दुर्घटना जोखिम कम गर्न यसमा केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्,' कम्पनीले भनेको छ।
जेइको जे–५ अरू के कस्ता फिचर छन् त, हेर्नुहोस् भिडिओमाः