भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारी साधन अहिलेको आवश्यकता र माग भएको बताएका छन्।
उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको पनि बताए।
‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो र माग हो, मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ,’ ललितपुरमा आइतबार भएको एक कार्यक्रममा उनले भने।
उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोसिस गरिरहेको पनि बताए। मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)