नेपालमा जेएमइभी जिएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ। शौर्य अटोमोबाइल्स प्रालिले यो गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो।
शौर्य अटोमोबाइल्सले सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमइभी जिएसई इभी सार्वजनिक गरेको हो। यो गाडीको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ।
यो गाडी एकपटक चार्ज गरेपछि ४२० किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ। यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको हुँदा नेपालको विविध भू-भागको लागि पनि उपयुक्त हुनेछ। गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् आरामदायी र अद्वितीय बनाउने विश्वास कम्पनीको छ।
यो गाडीमा यसमा ३६० डिग्री एभीएम भिजुअल सिस्टम रहेको छ। हाललाई यो गाडीको मूल्य नेपाली बजारमा ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन्।
सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जेएमइभी नेपालमाउपलब्धहुनुलेदिगोगतिशीलताप्रवर्द्धनरनेपाललाईहरितऊर्जातर्फलैजाने, शौर्यअटोमोबाइल्सकोप्रतिबद्धतालाईबलियोबनाएको बताए।
शौर्य अटोमोबाइल्सका महाप्रबन्धक अधिर कुमार श्रेष्ठले भने, '१७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ जेएमइभी जिएसईले विद्युतीय सवारीसाधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ। यो सेडान मात्र सवारी साधन होइन यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम-चेन्जर हो।'
यस्ता छन् जेएमइभी जिएसईका विशेषता:
ब्याट्री क्षमता: ४९ किलाेवाट
मोटर आउटपुट: ९९ किलाेवाट
रेञ्ज: ४२० किमी ( एनइडिसी परीक्षण)
ग्राउन्ड क्लियरन्स: १७० मिमी (नेपालको विविध भू-भागका लागि उपयुक्त)
प्यानोरामिक मूनरुफ: यात्राको अद्वितीय अनुभवका लागि
३६०° एभिएम भिजुअल सिस्टम: सुरक्षालाई थप मजबुत बनाउन
मिशेलिन हाओयु ४ म्युट टायरहरू: शान्त र सहज यात्रा सुनिश्चित गर्न
बुट स्पेस: ४१० लिटर, दैनिक सुविधाको लागि उपयुक्त