साइमेक्स इंक बिवाइडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरकले नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपिभी बिवाइडी एम६ को बुकिङ खुला गरेको छ।
नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपिभीको रूपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ।
बिवाइडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रूपैयाँ हुनेछ। हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ।
यो आकर्षक अफरका कारण सुरूमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपिभी अविश्वसनिय मूल्यका साथ प्राप्त गर्न सक्ने बताइएको छ।
बिवाइडी एम६ एउटा क्रान्तिकारी एमपिभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पूरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।
बिवाइडी एम६ का विशेषता
- अतुलनीय कम्फर्ट र स्पेस-यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ
- पावरफुल परफर्मेन्स– यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटिसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ।
- फास्ट चार्जिङ– बिवाइडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ।
- एड्भान्स्ड सेफ्टी–एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्चस्तरीय बन्छ।
- टेक–फरवार्ड डिजाइन–यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बिवाइडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडीभन्दा फरक बनाउँछ।
- नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बिवाइडी एम६ले प्रतिनिधित्व गरेको छ। कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बिवाइडी एम६ छनोट बन्न सक्छ।
हाल बिवाइडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार रूपैयाँ छुट पाउने छन्। छुट आगामी डिसेम्बर २४ अर्थात पुस ९ गतेसम्मका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ।